• होमपेज
  • समाचार
  • मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा

  • शनिबार, अशोज १७, २०७७
मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ कााठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लवका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको आथ्यितामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठलगायतको पनि आतिथ्यता रहेको थियो ।
स्कुलका एकसय ४० जना विद्यार्र्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गणेशलामाले काभ्रेको यो पिछडिएको ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तै अन्य अतिथिहरूले अहिलेको यस्तो विषम परिस्थितित कारोना कहरकाबीचमा पनि मिलापले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यावाद दिनुभयो । उहाँले आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभयो ।

गीताले नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्पमा आहत भएकाहरूलाई तत्काल राहत पु¥याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरूले तयारी गरिरहेको जनाकारी गराउनुभयो । कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले समाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो ।
मिलापले गत वर्ष जेठ ४ गते नुवाकोटको विदुर नगरपाालिका, वडा–७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको थियो भने चैत्र ८ गते नुवाकोटकै विदुर(३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा