• होमपेज
  • म्यूजिक भिडियो
  • ४ वटा म्यूजिक भिडियो सार्बजनिक

४ वटा म्यूजिक भिडियो सार्बजनिक

  • शुक्रबार, साउन ९, २०७७
४ वटा म्यूजिक भिडियो सार्बजनिक

संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअप हो । यो समुहले लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर करिव ४ वटा म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् । कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक गायिकालाई गीत सँगै अभिनय पनि गराइरहेका छन् ।

युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु रहेका निर्देशक कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो शुक्रबार सार्बजनिक भएको छ । द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा अहिले चलेका युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायन सँगै अभिनय समेत गरेका छन् । माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मीसैलिको बनेको छ ।

नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अव्वल हुँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ । यिनै गायक गायिकाको अभिनयलाई निर्देशक कार्कीले निखरता बनाएका छन् । यो भिडियो सम्म आइपुग्दा संगीतकार पोखरेल र निर्देशक कार्कीको टिमअप सफल देखिन्छ ।

युवा पुस्तालाई मनपर्ने खालको भिडियो बनाउन माहिर मानिने निर्देशक कार्कीले भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकि नराखेको बताउँछन् । निर्देशक कार्की भन्छन् ः गायक गायिकालाई उनिहरुकै भावमा सहजरुपमा प्लेगर्न सफल भएको छु । द डिभाइन म्यूजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् । उत्सव दाहालले छायंकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । यस अघि यहि टिमले बनाएको मैले बोलेको छैन ढाँटेर गीतको भिडियोले दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि