• होमपेज
  • मनोरञ्जन
  • मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा

मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा

  • शनिबार, साउन ३, २०७७
मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको “तिम्रो झल्को मेटिन्न कुनैले” बजारमा

नेपाली लोक तथा दोहोरी गीत फेरिफेरिमा रहेर काँठ क्षेत्रका गीतहरुलाई शिरमा राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाइरहेका गायक तथा सर्जक रामजी बुढाथोकीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि मालिगाई, खाँडा देवीको दर्शन, भोक्कै हुन्छ भुँडी, कालो कोठी, शिरु फुल्यो सेतै छ, तेल मालिस, तिजको ब्रत बसेर, लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।

गायक तथा सर्जक रामजीको पछिल्लो गीत “तिम्रो झल्को मेटिन्न कहिले नि” हो । प्रस्तुत गीतमा रामजी बुढाथोकी र बिश्वरी देवीको कर्णप्रिय स्वर सुन्न सकिन्छ । गीतलाई लय बिष्णु तामाङ्ग र शब्द गायक स्वयम् को रहेको छ । समय अनुसार श्रोता तथा दर्शकहरुको गीत संगीतको स्वाद लिने चाहना पनि परिवर्तित भैरहेका छन् । त्यसैले अशंख्य श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर उनले यो रोमान्चक धारको गीत बजारमा ल्याएका हुन् ।

पछिल्लो समय मौलिक संगीतले थोरै मात्र ठाउँ पाएको अवस्थामा गायक तथा सर्जक रामजीले आफ्नो मौलिकता बाट टाढा जान कहिले चाहेनन् । फलस्वरूप यस गीतलाई पस्किएका छन् । बिगतका प्रस्तुतिलाई जति माया प्राप्त भयो त्यो भन्दा बढी आशा गरेका उनले यस गीतको बारेमा पनि क्रियाप्रतिक्रियाको अपेक्षा गरेका छन् ।

“तिम्रो झल्को मेटिन्न कहिले नि” बोलको गीतको म्युजिक भिडियोमा सुरेन्द्र के दाहाल र दिपिका तिवारीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि