• होमपेज
  • म्यूजिक भिडियो
  • दिपक र शंकरको दिलको चाबी-२

दिपक र शंकरको दिलको चाबी-२

  • शनिबार, साउन ३, २०७७
दिपक र शंकरको दिलको चाबी-२

नेपाली गीत संगीतको आकाशमा शब्दको जादुले नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गीतकार दिपकराज पाठकको नयाँ गीतको स्वरानकन सम्पन्न भएको छ। दिलको चाबी-२ को हालै गीत रेकर्ड सम्पन्न भएको छ। गीतकार दिपकराज पाठकको शब्द र बिपिन आचार्यको एरेन्ज र संगीतमा दिलको चाबी-२ को तयारि भएको हो । गीतलाई गीतकार पाठक कै बाल्यकाल देखिका मित्र तथा समाजसेवी एबम गायक शंकर यु दाहालले स्वर दिएका छन। पहिलो गीत “तिमीलाई दुख्दा …” बाट नेपाली सांगीतिक आकाशमा पाईला टेकेका गायक दाहाल संगीतका पुराना बिद्यार्थी हुन् ।

बाल्यकालमा संगै पढेको साथी, खेलेको अनि झगडा गरेको साथी ,समयक्रमसंगै जीवन बुझ्दै आज जीवनको यथार्थसंगै लडदै, उकाली-ओराली झेल्दै गरेका दुई उदाहरणीय व्यक्तित्व वरीष्ठ गीतकार दिपकराज पाठक र गायक शंकर यु दाहालको संयुक्त प्रस्तुतिमा गीत “चाबी-२ को” छिट्टै नै बजारमा आउने भएको छ।

एकअर्काका परीपुरक बनेर जीवनको पाईला संगै अगाढी बढाउदै आएका गीतकार दिपक राज पाठक र गायक शंकर यु दाहालको मित्रता बाल्यकाल देखि संगीत क्षेत्रमा पनि संगै अघि बढेको छ। यस अहि पनि गीतकार पाठक कै शब्दमा दाहालले गीत गाईसकेका छन , अघिल्लो गीत सेन्टिमेन्टमा थियो यो पटक फास्ट नम्बर छ । मेरो साथि शंकरले गीतलाई एकदम न्याय गरेको छ अबको दर्शको जिम्मा लगाउंदैछु आशा छ हाम्रो दुईको यो गीतले राम्रै स्थान पाउने छ ” गीतकार पाठकले भन्नु भयो ।

मेरो बाल्यकाल पनि दिपक कै गीत बाट सुरु भएको थियो अहिले दिपक कै गीतमा मैले गाउने मौका पाएको छु निकै खुसि लागेको छ । बाल्याकामा स्कुल , क्याम्पसमा हुने कार्यक्रममा पनि गीत गाउने गर्दथे तर बिचमा मेरो ब्याबसायिक कामले म संगीत बाट अलिकति टाढा भए यद्धपि गायन भने छोडेको छैन मैले निरन्तर अभ्यास गरिनै राखेको हुन्छु र यो गीत दिलको चाबी-२ ले मलाई सांगीतिक आकाशमा सफलता दिनेमा पूर्ण बिस्वोस्त छु । हाम्रो मित्रताको २२ ,२३ औं बर्षमा मैले दिपकको गीत गाउने मौका पाए धन्यबाद दिपक।

दिलको चाबी-२ को अडियो , भिडियोलाई छिट्टै नै बजारमा ल्याउने तयारी भईरहेको र दर्शक श्रोताले पनि यसलाई धेरै माया गरिदिनु हुन्छ भन्ने आशा रहेको कुरा गायक शंकर यु दाहालले बताउनु भयो । आफ्नो आउन लागेको प्रोजेक्टलाई सबैले पहिलेको जस्तै माया गरिदिनु हुन्छ र त्यो भन्दा अझै माया पाउछु भन्ने आशा राख्दै सम्पूर्ण दर्शक श्रोता, कलाकार, पत्रकारलाई आफुले गरेको कार्यलाई माया गर्नु भएकोमा धेरै धेरै आभार र धन्यवाद व्यक्त गर्दछन ।

Facebook Comments

सम्बन्धित समाचार