• होमपेज
  • कलिउड
  • ‘लभ यु हमेशा’ अब मंसिर १३ मा

‘लभ यु हमेशा’ अब मंसिर १३ मा

  • बिहिबार, कार्तिक २१, २०७६

प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कार्तिक २२ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्म अब मंसिर १३ मा दर्शकमाझ आउने छ ।
कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ,सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको फिल्मले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली फिल्म प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ ।

निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने