• होमपेज
  • समाचार
  • प्लाष्टिकको प्रयोग निषेध अभियान

प्लाष्टिकको प्रयोग निषेध अभियान

  • सोमवार, अशोज २७, २०७६
प्लाष्टिकको प्रयोग निषेध अभियान

नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको यो अभियानमा सहयोग गर्ने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धतामा जनाएका छन् ।

अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडाका कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ ।

उपमहानगरपालिकाले प्लाष्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरेको फोहरमैला व्यवस्थापन ऐनले प्लाष्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । यो नै अद्यावधिक गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्पm यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहारमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन ।

“नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन नियम बनाउनेदेखि संशोधन गर्ने, बजेट विनियोजन गर्नेलगायतका सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिने छ”, नगरप्रमुख डा धवलशम्शेर राणाको भन्नुभयो । अभियानको कार्यक्रमअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लाष्टिकजन्य फोहर सङ्कलन पनि गरिरहेका छन् तर प्लाष्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने भने गरिएको छैन ।

उपमहानगरपालिकाले विशेषगरी पोलीथिन प्रयोग नियन्त्रणको पहल गरिरहेको छ । कपडा र कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । प्लाष्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । “प्लाष्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ”, नगर प्रमुख राणाको थप भनाइ छ, “वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोगसमेत गर्दै आएको छ ।”

प्लाष्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । “योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लैजान जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुुपर्दछ । अनि मात्र प्लाष्टिकजन्य फोहरमुक्त समाज निर्माण गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि