• होमपेज
  • पर्यटन
  • झयाली पोखरी पुनःनिर्माण

झयाली पोखरी पुनःनिर्माण

  • सोमवार, अशोज २७, २०७६
झयाली पोखरी पुनःनिर्माण

कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ ।

पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिनुभयो ।

कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने बताउँदै उहाँले यसलाई सम्पन्न गर्न नेतृत्व गर्ने व्यक्तिको पनि त्यतिकै ठूलो भूमिका रहने उल्लेख गर्नुभयो । आगामी दिनमा याङजाकोटमा लाग्ने बुद्धजयन्ती मेलामा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला शुरु गर्न सकिने उहाँको भनाइ छ ।

पोखरीमा रङरोगन गरी अझै सुन्दर बनाउने काम बाँकी रहेको बताउँदै उहाँले आगामी दिनमा पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम गरिने जानकारी दिनुभयो । झयाली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनःनिर्माणसँगै यसले यहाँको सुन्दरता थपेको र पर्यावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि