• होमपेज
  • शेयर मार्केट
  • सीडीएससीले तोड्यो सेयर बजारमा औंठा छापको युग

सीडीएससीले तोड्यो सेयर बजारमा औंठा छापको युग

  • सोमवार, अशोज २७, २०७६
सीडीएससीले तोड्यो सेयर बजारमा औंठा छापको युग

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि नयाँ सफ्टवेयर तयार पारेको छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सोमबारबाट नै यसको सुरु हुँदैछ । उनले भने ‘हामी अन्तिम चरणको टेष्ट गर्दै छौं, केही समयमा नै लाइभमा जाने छौं । हामीले यो नयाँ डिजाइनमा बनाएका छौं ।’ उनका अनुसार अब कुनै पनि लगानीकर्ता ब्रोकर कार्यालयमा औठा छाप लगाउन जानु पर्ने छैन । नयाँ डिजाइनमा आएको लाभकर गणना प्रणालीसँगै मेरो सेयर सफ्टवेयरका अन्य फिचरहरु राखिएको छ ।

हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाखको हाराहारीमा रहेका लगानीकर्ताहरुले यसको प्रयोग गर्न पाउने छन् । यो सँगै यसअघि ब्रोकर कार्यालय मै पुगेर औंठा छाप लगाउने युगको औपचारीक रुपमा अन्त्य भएको छ ।

सीडीएससीले मेरो सेयर सफ्टवेयर प्रयोग गर्नेहरुलाई यसको प्रयोग गर्न र कुनै समस्या तथा सुझाव दिन लामो समय दिएको थियो । उक्त समयमा आएको सुझावको आधारमा यसले पूर्णता पाएको न्यौपानेको भनाई छ । यसको प्रयोगले सेयरको लाभकर गणनामा अहिले रहेको औठाँछाप युगको समाप्त हुने छ र लगानीकर्ताको समयको समय बचत हुने छ । अब लगानीकर्ताले ब्रोकरकोमा गएर औठाछाप लगाउनु पर्ने छैन । आफू भएको स्थानबाट बसेर एक क्लिकमा नै सबै काम हुने छ ।

सरकारले साउन १ गतेबाट भारित औसतबाट पुँजीगत लाभकर लिन सुरुगरेयता गणना विधिमा विभिन्न समस्या देखिएको थियो । यो सुरुभएसँगै लगानीकर्ताले सेयर बजारमा ढुंगेयुगको सुरु भएको भन्दै सर्वत्र विरोध समेत गरेका

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि