• होमपेज
  • प्रविधि
  • कर चुक्ताको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

कर चुक्ताको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

  • सोमवार, अशोज २७, २०७६
कर चुक्ताको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

अबदेखि कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेको हो ।

विभागले पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने र्फम तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरेको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको बताए ।

‘करदाताले अनलाइनमा नै आफ्नो विवरण पेश गर्ने र अनलाइन मार्फत नै कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ’,विभागका महानिर्देशक कुँवरले  भने ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा पूर्ण लेखापरिक्षण गरेर कर चुक्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । करचुक्ताको प्रमाणपत्र नभएमा त्यो कम्पनी तथा फर्मलाई नयाँ ऋण दिने लगायतका सुविधा नपाउने व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि