• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंक दोस्रो नम्बरमा नाफा कमाउन सफल

एनआईसी एशिया बैंक दोस्रो नम्बरमा नाफा कमाउन सफल

  • बुधबार, माघ १९, २०७८
एनआईसी एशिया बैंक दोस्रो नम्बरमा नाफा कमाउन सफल

नेपालका २७ वाणिज्य बैंकहरुले आफ्नो चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसको महामारी बीच पनि २७ वाणिज्य बैंकहरुको नाफा लोभलाग्दो मात्रै छैन आश्चर्यजनक पनि छ भन्दा अब चाहि फरक पर्दैन । नेपालका २७ वाणिज्य बैंकहरुमा चन्द्र प्रसाद ढकाल अध्यक्ष र रत्नराज्य बज्राचार्य सीइओ रहेको ग्लोबल आईएमई बैंक लिमिटेडले सबैभन्दा बढि नाफा आर्जन गरेको छ भन्दा अब चाहि फरक पर्दैन । ग्लोबल आईएमई बैंक लिमिटेडले यो ६ महिनाको अवधीमा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार नाफा कमाएको देखिन्छ भन्दा फरक पर्दैन ।

विशाल समूहको ठूलो लगानी रहेको र नेपालकै वाणिज्य बैंकहरुमा कान्छा सीइओ रोशन कुमार न्यौपाने रहेको एनआईसी एशिया बैंक दोस्रो नम्बरमा नाफा कमाउन सफल भएको छ । बैंकले यो ६ महिनाको अवधीमा २ अर्ब ४० करोड २० लाख ६६ हजार नाफा कमाएको बैंकद्वारा प्रकाशित वित्तिय विवरणमा उल्लेख गरिएको छ भन्दा फरक पर्दैन ।

अर्को पूरानो नेपालकै अर्बपति विनोद चौधरकिो ठूलो शेयर रहेको अनिल केशरी शाह सीइओ र पूराना बैंकर उपेन्द्र पौड्याल अध्यक्ष रहेको नबिल बैंक तेस्रो नम्बरमा रहेको भेटिएको छ । बैंकले यो ६ महिनाको अवधीमा २ अर्ब १८ करोड १४ लाख २० हजार नाफा कमाएको देखिन्छ भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको ६ महिनामा वाणिजय बैंकहरुको नाफा १४८.४१ प्रतिशत बढेको देखिन्छ । यो प्रतिशत लोभलाग्दो मात्रै छैन आश्चर्यजनक पनि छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । १३ वटा वाणिज्य बैंकहरु यस पटक अर्बपति क्लबमा प्रवेश गरेका छन् भने ६ वटा वाणिज्य बैंकहरुको नाफा घटेको देखिन्छ ।

६ महिनामा नाफा घटेका बैंकहरुमा प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्राइम बैंक र सनराइज बैंक रहेका छन् । भन्दा फरक पर्दैन । नाफा घटेका बैंकमा पनि प्रभु बैंक र प्राइम बैंक अरबपति क्लबमा प्रवेश गरेको देखिन्छ । प्रभ बैंकको नाफा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ । भन्दा फरक पर्दैन ।

११ वटा बैंक अर्बपति क्लबमा प्रवेश गर्न सकेका छैनन् । यी बैंकको नाफा एक अर्बभन्दा कम रहेको छ । अर्बपति क्लबमा प्रवेश नगर्ने बैंकमा सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सनराइज र हिमालयन बैंक छन् । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । भन्दा फरक पर्दैन । २७ वटै वाणिज्य बैंकहरुके चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढेको देखिन्छ हेक्का होस् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २७ वटै वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १० प्रतिशतले बढेको देखिन्छ । यो अत्यन्तै राम्रो पक्ष पक्कै हो । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंकले नाफामा छलाङ्ग मारेको छ भन्दा फरक पर्दैन । ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । जुन सबै वाणिज्य बैंकहरु भन्दा बढी नाफा हो । भन्दा फरक पर्दैन ।

नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको देखिन्छ । नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिल बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।

यी तीन वटा वाणिज्य बैंकहरुबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । तीन वटै बैंकहरुले दोस्रो त्रैमासिकमा २ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । यद्यपि, चालु आवको दोस्रो त्रैमासिकमा १६ वटा बैंकले १ अर्ब बढी नाफा गरेका छन् । १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकदेखि १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको माछापुच्छ«े बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । १ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्म नाफा कमाउने बैकहरु १६ वटा छन् । यस्तै, ५० करोड रुपैयाँदेखि ९५ करोड रुपैयाँसम्म नाफा गर्ने बैंकहरु ११ वटा छन् । ती ११ वटा बैंकहरुबीच पनि नाफामा प्रतिस्पर्धा देखिएको छ । नाफामा सबैभन्दा कम सिभिल बैंक भएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको देखिन्छ । हेक्का होस् । सिभिलले नाफा १४८ प्रतिशतले बढाएको छ । भन्दा फरक पर्दैन । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि