• होमपेज
  • समाचार
  • आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे?

आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे?

  • बुधबार, माघ १९, २०७८
आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

यति हुँदासमेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार