• होमपेज
  • समाचार
  • परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

  • आइतवार, कार्तिक २१, २०७८
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान

तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् ।
बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्ने छन् । पूर्वमन्त्रीसमेत रहेका ढकालको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी सहभागी छन् ।
सम्मेलनमा कोभिड –१९ पश्चातको विश्व व्यवस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुनेछ भने भारतका महामहिम उपराष्ट्रपति एम. वेंकैया नायडुले उद्घाटन गर्ने कार्यक्रम छ । नेपालको राजनीतिमा विषेश प्रभाव राख्ने नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको पछिल्लो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि