• होमपेज
  • मनोरञ्जन
  • सृष्टि सिवाको स्वरमा आज मेरो दिल जलेर सार्वजनिक ।

सृष्टि सिवाको स्वरमा आज मेरो दिल जलेर सार्वजनिक ।

  • आइतवार, कार्तिक २१, २०७८
सृष्टि सिवाको स्वरमा आज मेरो दिल जलेर सार्वजनिक ।

नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिएका चर्चित गायक प्रमोद खरेलको स्वरमा आज मेरो दिल जलेर यस अघि सार्वजनिक भएसंगै अहिले सोही गीत फिमेल भर्जनमा नेपाली आधुनिक गीत संगीतको यात्रामा भर्खर नयाँ कदम चाल्दै गरेकी नव गायिका सृष्टि सिवाको स्वरमा बजारमा आएको छ । सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन । २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

यहाँ दुनियाँ नै माया प्रेम मा अडिएको हुन्छ जहाँ कहिले मिलन त कहिले बिछोड भैरहन्छ सपना एउटा सँग देखिन्छ त यथार्थ अर्कै संग जोडिन्छ यही समाजिक यथार्थवादी कुराको भाव यस गीतमा समावेश गरिएको छ । प्रस्तुत गीत लाई अहिले कभर भिडियो मा सार्वजनिक गरिएको छ ।राजकुमारको छायांकन तथा सम्पादन रहेको यो भिडियो एक्का कम्पनी प्रा. लि.ले निर्माण गरेको हो । गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि