• होमपेज
  • मनोरञ्जन
  • मोडेल सारासंग रोमान्टिक मुडमा भेटिए गायक आयुष (भिडियो)

मोडेल सारासंग रोमान्टिक मुडमा भेटिए गायक आयुष (भिडियो)

  • आइतवार, कार्तिक २१, २०७८
मोडेल सारासंग रोमान्टिक मुडमा भेटिए गायक आयुष (भिडियो)

युवागायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतड्पाउन’ को म्युजिक  भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना , राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ।

गायक आयुष १ बर्ष अघि ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार