• होमपेज
  • म्यूजिक भिडियो
  • अफ्रिताको डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक ( भिडियो )

अफ्रिताको डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक ( भिडियो )

  • आइतवार, अशोज १०, २०७८
अफ्रिताको डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक ( भिडियो )

भोइस अफ नेपाल सिजन – ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ।

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ।  गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ।  भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको  समेत अभिनय समावेश छ।

कुलेखानी  र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन्। सहायक छायाँकार  धिरेन तुम्बापो लिम्बु रहेका छन्।  भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘राज लिम्बु अफिसिएल’ मार्फत  भिडियो सार्वजनिक भएको हो ।  साथै  छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको  बताइएको छ।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि