• होमपेज
  • मनोरञ्जन
  • अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )

अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )

  • शुक्रबार, अशोज १, २०७८
अनिष ओकिलीको ‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का ( भिडियो सहित )

कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका छन्।
गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।
राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।
३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको ‘मेरी ओकिली ‘, ‘ गुलाबी जाडो ‘, ‘झ्यालबाट हेरी” लगायतका चर्चित गीतहरू रहेका छन् ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि