• होमपेज
  • देश
  • अकुत सम्पती जोड्ने डिएसपीहरु माथी अनुसन्धान गर्न माग,पढ्नुहोस् नालिबेली

अकुत सम्पती जोड्ने डिएसपीहरु माथी अनुसन्धान गर्न माग,पढ्नुहोस् नालिबेली

  • शुक्रबार, अशोज १, २०७८
अकुत सम्पती जोड्ने डिएसपीहरु माथी अनुसन्धान गर्न माग,पढ्नुहोस् नालिबेली

अन्तर समझ । नेपाल प्रहरी ब्रमलुट मच्चाउने प्रहरी अधिकारीहरुको चासो बढ्न थालेको छ । पछिल्लो समय एक प्रहरीको अकुत कमाईले ह्वात्तै चासो बढेको हो । प्रहरी सेवामा डिएसपीको मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ हुन्छ । तलबबाट धेरै प्रहरी अधिकारीलाई घर धान्न, छोराछोरी पढाउन गाह्रो छ । तर, यति नै तलब खाने कतिपय अधिकृतले भने काठमाडौंमै करोडौंका महल ठड्याएर जग्गा,सम्पती जोडेका छन् ।

अहिले रहेका बहालवाला डिएसपीहरु मध्ये सबै भन्दा धनि र अकुत कमाएका ब्यक्ती हुन् सन्तोष तामाङ । जसले हालै करोडौं मूल्य बराबरको घर बनाएका छन् । ललितपुरको झम्सिखेलमा रहेको उनको पाँच तले घर देखेर उनका समकक्षी समेत चकित हुने गरेका छन् । आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।

एक सामान्य प्रहरी अधिकृतले यस्तो भव्य घर कसरी बनाउन सफल भए ? स्रोत भन्छ–प्रहरी आवरणमा डिएसपी तामाङले अवैध गतिविधि गर्दै आएका छन् ।

झापा घर भएका उनले एमाले अध्यक्ष केपी शर्मा ओली र अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईको आडमा समेत सम्पत्ति जोडेको स्रोत बताउँछ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ओलीका पिएसओ थिए । त्यही कारण रसुवाको प्रहरी प्रमुख हुने अवसर पाए । रसुवामा हुँदा सुन तस्कर समूहसँग मिलेर तस्करीको लाइन खुलाएर उनले मोटो रकम कमाएको स्रोत बताउँछ । उनका धेरै अनियमित कार्यमा प्रेम कुमार राईले राम्रैसाग साथ दिएका छन् ।

त्यसो त उनी आफैं पनि ठेक्कापट्टाको काममा संलग्न छन् । ठमेलमा गुन्डागर्दी गर्ने उमेश लामासँगको साझेदारीमा उनले ठेक्कपट्टा गर्दै आएका छन् । उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फोटुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा संलग्न छन् । साथै अवैध गतिविधिमा संलग्न समूहसँग उनको साँठगाँठ रहेको स्रोत बताउँछ ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीमा छोटो समयमा करोडपति बन्नेहरुको संख्या ठूलो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन नै गर्न छाडेकाले पनि यसरी कमाउनेहरुको मनोबल बढेको छ । भन्न त ओली आफैँले भ्रष्टाचारीको मुखै हेर्दिन पनि भने, तर आफ्नै पिएसओ भ्रष्ट भएको उनले पत्तै पाएनन् ।

तामाङले गुण्डा नाइके तथा काभ्रेमा बुद्धचित्तको माला लुटपाट घटनामा समलग्न हुँदै आएका गुण्डा नाइके सत्यमान लामासँग मिलेमतोमा विभिन्न शंकाष्पद गतिविधि गर्दै आएको स्रोतले जनाएको छ ।

काभ्रेमा बुद्धचित्तको अवैध कारोबार र लुटपाटमा समलग्न रहेका लामा पटक पटक पक्राउ पर्दै आएका छन् । तर, नेकपा एमालेकी सांसद नविना लामा र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दबावमा उन्मुक्ति पाउँदै आएका छन् । लामाको गुण्डागर्दी र आपराधिक क्रियाकलापमा डिएसपी लामाले भूमिगत शैलीमा सहयोग गर्दै आएका छन् । उनीहरुबीच विभिन्न व्यावसायीक कार्यमा समेत साझेदारी रहेको स्रोतले बताएको छ ।

गत असारमा लामा बैंकिङ कसुर अभियोगमा पक्राउ परेका थिए । उनलाई छुटाउन डिएसपी तामाङले बर्दीकै दुरुपयोग गरेर उच्च तहको दबाव दिएको स्रोतले बतायो । ओलीको पहिलो कार्यकालमा पिएसओ रहेका तामाङले राजनीतिक आडमै अति संवेदनशिल जिल्ला मानिने रसुवाको जिल्ला प्रहरी प्रमुख पाएका थिए । उनी रसुवामा रहँदा नेपाल र चीनको नाका केरुङलाई तस्करीको रुटमा परिवर्तन गरेको आरोप छ । तामाङले ठमेलमा गुण्डागर्दी गर्ने उमेश लामासँगको मिलेमतोमा ठेक्का पट्टामा समेत हात हालेको आरोप छ ।

ओलीकै निकट व्यापारीहरुले चलाएको बालुवाटारस्थित एक अनलाइनमा समेत उनको साझेदारी रहेको उच्च स्रोतको दाबी छ । उनको लगानी हेर्न उनले केही वर्ष अघि एक पत्रकारलाई खटाएको समेत स्रोतले जनाएको छ । सामान्य परिवारका तामाङ एकाएक घरानिया बनेपछि सहकर्मीहरुले जिब्रो टोकेका छन् । सँगै जागिर खाइयो । बानेश्वरमा कोठा थियो । बच्चा,परिवार देखेर माया पनि लाग्थियो । अहिले हामीसँग बोल्न त गाह्रो मान्छ । के भन्ने ? प्रहरीमा उस्को गुट नै छ । तल्लो तहका प्रहरीहरु तलबबाट परिवार पाल्नै गाह्रो भइरहेका बेला ठूला नेतानिकट प्रहरी अधिकृतहरु भने पदको दुरुपयोग गरेर यसरी रातारात सम्पत्ति जोडिरहेका छन् । अकुत सम्पती जोड्ने डिएसपी तामाङको लाईनमा पर्ने अन्य डिएसपी रमेश सिंह, मिलन केसी, अपिल बोहोरा, कवित कटुवाल, सुमीत खड्का, किशोर श्रेष्ठ, अवदेश विष्ट, लालध्वज सुवेदी, नारायण चीमोरिया, गोविन्द काफ्ले, ढुण्डीराज न्यौपाने लगायतका छन् । डिएसपीकै लाईनमा एसपी,एसएसपीहरु पनि रहेका छन् । प्रहरी संगठनले आन्तरिक रुपमा गहिरो अनुसन्धान गर्न जरुरी छ ।

तामाङकै औकातमा सम्पती नजोडे पनि अवैध र अनैतिक तवरले उनीहरुले सम्पती जोडेको सहकर्मीहरुले खुलेरै राजतिलक प्रतिनिधी सँग बताए । कालीमाटी आएदेखि विवादित र अनैतिक तवरबाट सम्पती जोड्न तल्लीन रहेका डिएसपी बोहोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द र नेपाल प्रहरीका एआईजी प्रधुन्न कार्कीले संरक्षण गरिरहेको स्रोतले बताएको छ । चन्दसँग केही वर्ष पहिले बोहोराको सुडो काण्डमा चोचोमोचो मिलेको हो भने कार्कीसँग बोहोराको नाता रहेको अर्का एक डिएसपीले नाम उल्लेख नगर्ने सर्तमा थपे । पावर र शक्तिको आडमा आचरणहीन प्रहरी अधिकारीको संख्या सूची लामो छ । उनीहरु माथि अनुसन्धान गर्न प्रहरी भित्रै माग भइरहेको छ । प्रहरी भित्र इमान्दार र स्वच्छ छवी भएका अधिकारीहरुलाई पन्छाइदै जाने र लुट मच्चाउने प्रहरीको दबदबा बढेकाले पनि प्रहरीका उच्च अधिकारीहरु नै चिन्तामा परेका छन् । राजतिलक साप्ताहिकबाट साभार गरिएको

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि