• होमपेज
  • समाचार
  • एनसेलद्वारा सरकारलाई १५० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेलद्वारा सरकारलाई १५० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर सहयोग

  • शनिबार, जेष्ठ ८, २०७८
एनसेलद्वारा सरकारलाई १५० भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेलले सरकारलाई पहिलो चरणको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। १५० थान भन्दा बढी  अक्सिजन कन्सन्ट्रेटर दिने योजना अनुसार एनसेलले पहिलो लटको सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ विरुद्ध स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा एनसेलले सामाजिक जिम्मेवारी अन्तर्गत १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार पहिलो लटको अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। अक्सिजनको अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा एनसेलले सहयोग गरेको सामाग्री वितरण गरिने बताइएको छ।

‘अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा हामी एनसेललाई कदर गर्दछौं। अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

‘देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्दैछौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने,’एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी सुरु भए लगत्तै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं। कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि सुरु गरिसकेका छौं।’

एनसेलले कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरी कोरोनासम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइन मार्फत् चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने जनाएको छ।

अहिलेको अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत रहेको कम्पनीले जनाएको छ। अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले एनसेलले नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।

अहिलेको अवस्थामा ग्राहकहरुको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लान, डिजिटल प्लाटफर्मबाट सेवा खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पहरु सञ्चालन गरिरहेको जनाएको छ।

सामाजिक पहल अन्तर्गत एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा गत वर्षदेखिनै कोरोना भाइरसबाट बच्ने जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिबृद्धिका सन्देशहरु विभिन्न माध्यमहरुबाट प्रवाह गर्दै आएको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि