• होमपेज
  • समाचार
  • टेलिकमले स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म नि:शुल्क भ्वाइस सेवा दिने

टेलिकमले स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म नि:शुल्क भ्वाइस सेवा दिने

  • आइतवार, जेष्ठ ९, २०७८
टेलिकमले स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म नि:शुल्क भ्वाइस सेवा दिने

नेपाल टेलिकमले फ्रन्टलाइनमा खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ सार्वजनिक गरेको छ।

आइतबार उक्त अफर बारे नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्/नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिष्ट परिषद्/नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच सम्झौतामा हस्ताक्षर भएको छ।

यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले आफ्नो नाममा प्रयोग गरिरहेको टेलिकमको पोष्टपेड वा प्रिपेड सिमकार्डमा एक महिनासम्म नि:शुल्क भ्वाइस कल उपलब्ध हुने टेलिकमले जनाएको छ। पोष्टपेड सिमको हकमा भने नियमानुसारको रेन्टल शुल्क स्वास्थ्यकर्मी स्वयम्ले तिर्नुपर्नेछ।

स्वास्थ्यकर्मीहरुले आफ्नो नम्बरबाट टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गरिने कल नि:शुल्क हुने सम्झौतामा उल्लेख छ।

स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरुले टेलिकमलाई उपलब्ध गराएपछि सेवा उपयोग गर्न सक्ने बताइएको छ। स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिमकार्डमा मात्रै यो अफर उपलब्ध गराउने टेलिकमको तयारी छ।

आफ्नो नाममा सिमकार्ड नभएका स्वास्थ्यकर्मीहरुले परिषद्को आधिकारिक पत्रमा नाम तथा विवरण उल्लेख गरी टेलिकममा पेश गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित परिषद्को परिचयपत्रका आधारमा नयाँ सिमकार्डका लागि दरखास्त दिएर टेलिकमको नजिकको काउन्टरबाट नि:शुल्क प्राप्त गर्ने व्यवस्था टेलिकमले गरेको छ।

टेलिकमलले कोरोना महामारीको अवस्था हेरर उक्त अफरको समयावधि थप्न सक्ने जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि