• होमपेज
  • शेयर मार्केट
  • आइएमइ लाइफ पनि आइपिओ जारी गर्ने

आइएमइ लाइफ पनि आइपिओ जारी गर्ने

  • सोमवार, जेष्ठ १०, २०७८
आइएमइ लाइफ पनि आइपिओ जारी गर्ने

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाँदैछ।

कम्पनीले जेठ ३१ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृति प्राप्त हुने छ।

कम्पनीले ६० करोड रुपैयाँको सेयर जारी गर्ने छ। यसपछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ।

सभाले सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ। एक्रस मनि ट्रान्सफर प्रालिका प्रतिनिधि दीपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि युगेश भक्त बादेलाई सञ्चालक बनाइएको छ। त्यो नियुक्तिलाई सभाले अनुमोदन गर्ने छ।

बादे आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि