• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • मुकेश अम्बानीको ताज खोस्दै गौतम अडानी

मुकेश अम्बानीको ताज खोस्दै गौतम अडानी

  • शनिबार, जेष्ठ ८, २०७८
मुकेश अम्बानीको ताज खोस्दै गौतम अडानी

विश्वका तेह्रौ नम्बरका धनी मुकेश अम्बानीको एसिया कै सर्वाधिक धनीको ताज अब भारत कै अर्का व्यापारीले खोस्ने लगभग पक्का भएको छ। सन् २०२१ को जनवरी अर्थात् पछिल्लो ५ महिनामा मात्र ३२.७ अर्व डलर सम्पत्ति थपिएपछि गौतम अडानीले अम्बानीलाई पछि पार्ने देखिएको हो।

अहिले अडानी एशियाको धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । ब्लुमबर्गको अर्वपतिको सूचकाङ्कका अनुसार गौतम अडानी एसियाका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आएका हुन्। उनले चीनका अर्वपति झोंग शानशानलाई पछाडि छोडेका हुन्।

अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्ति द्रुत गतिले वृद्धिले भइरहेको छ।  जसले उनी अब चाँडै भारत र एसिया कै सबैभन्दा धनी व्यक्ति बन्ने देखिएको हो। दुई दिन अघि अर्थात् गएको बुधवारदेखि बिहीबार बिचको एक दिनमा नै उनको सम्पत्ति १.११ अर्व अमेरिकी डलरले बढेको छ।

उल्लेखनीय कुरा के छ भने गौतम अडानीको आफ्नै सम्पत्ति पनि निरन्तर वृद्धि भइरहेको छ। अडानी ग्रुप अफ कम्पनीको सेयरमा ठुलो वृद्धि भएको छ। ब्लूमबर्ग अरबपति सूचकाङ्कका अनुसार गौतम अडानीको जम्मा सम्पत्ति ६७.६ अर्ब डलर छ। यस वर्ष मात्र, उसको सम्पत्ति ३२.७ अर्ब डलरले बढेको हो।

गौतम अडानीको यसरी सम्पत्ति बढे पनी रिलायन्स उद्योगका मालिक मुकेश अम्बानी अझै एसिया कै धनी मानिसहरूको सूचीमा शीर्ष स्थानमा छन्। उसको कुल सम्पत्ति ७६.३ अर्ब डलर छ। पछिल्लो एक दिनमा मुकेश अंबानीको सम्पत्ति २ करोड २० लाख डलरले घटेको छ भने अडानीको सम्पत्ति १.११ अरब डलरले बढेको छ। दुवैको सम्पत्तिमा अब मात्र ८.७ अर्ब डलरको अन्तर छ।

गौतम अडानीको सम्पत्ति गति जुन गतिमा बढ्दै छ त्यसले अबको केही दिनमा नै उनले सजिलै अम्बानीलाई जित्ने देखिन्छ। ब्लूमबर्ग अरबपति सूचिमा मुकेश अम्बानी विश्वको धनी मानिसहरूको सूचीमा १३ औँ स्थानमा छन्। जबकि गौतम अडानी एक नम्बर पछाडि १४ औँ नम्बरमा पुगेका छन्।

केही समय देखी अडानी समूहको सेयर मूल्य लगातार बढ्दै गइरहेको छ । गौतम अडानीले त्यसको फाइदा लिँदै छन्। अडानी ग्रिन, अडानी इन्टरप्राइजेज, अडानी ग्यास र अडानी ट्रान्समिसन जस्ता उनीहरूको विभिन्न कम्पनीको मूल्यमा तेजी देखिएको छ।

गत एक वर्षमा अडानी टोटल ग्यासको सेयर करिब ११४५ प्रतिशतले बढेको छ। अडानी इन्टरप्राइजेज र अडानी ट्रान्समिसनको सेयर क्रमशः ८२७ र ६१७ प्रतिशतले वृद्धि भएको छ। यी सबैको कारणले गौतम अडानीको सम्पत्तिमा ठुलो वृद्धि भएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि