• होमपेज
  • मनोरञ्जन
  • नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक (भिडियो)

  • शनिबार, कार्तिक २२, २०७७
नायिका बर्षा र रुकमान फिचर्ड खुसीको ‘कति मीठो’ सार्वजनिक  (भिडियो)

इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।

भिडियोलाइ  शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।

डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले संगीत गरेका हुन् । निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी  र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।

भिडियो सार्वजनिक गरेपछि गायिका खुसीले भनिन्, ‘यो गीतप्रति निकै आशावादी छु ।’ सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकी गायिका खुसीको यसअघि थुप्रै चर्चित गीत श्रोता तथा दर्शकमाझ आइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि