• होमपेज
  • मनोरञ्जन
  • राजेशपायल र निलमको गीत बेलायतमा भयो तयार, सन्तोष र सलिनाको अभिनय

राजेशपायल र निलमको गीत बेलायतमा भयो तयार, सन्तोष र सलिनाको अभिनय

  • शनिबार, कार्तिक २२, २०७७
राजेशपायल र निलमको गीत बेलायतमा भयो तयार, सन्तोष र सलिनाको अभिनय

लोकप्रिय गायक राजेशपायल राईर गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमी देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको हो ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन् । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केहि टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् । केही टेलीशृंखला समेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशक समेत हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि