कोरोना कहरमा विश्व बन्दा बन्दी लक्डाउन बनेको अवस्थामा सबैले आ-आफ्नै माध्यमबाट कोरोनालाइ सम्बोधन गरिरहेका छन् । यसै सन्दर्भमा गीतकार तुल्सी बस्नेतको गीतमा भने बन्दा बन्दी लक्डाउनको मारमा परेका भरिया ,रिक्सावाला ,ठेलावाला गिट्टी कुटेर जिबिका चलाउने मजदुरहरुको मनोविज्ञान, व्यथालाई प्रस्तुत गरिएको छ ।
यस गीतमा हुदा खाने परिवारलाई यो बन्दा बन्दीले पारेका अभाब अनिकाल र अदृश्य चोटहरुलाई मार्मिक रुपमा पस्तुत गरिएको छ । संगीतकार चन्द्र श्रेष्ठले यस गीतलाई अति नै हृदय स्पर्शी संगीत गर्नु भएको छ । संगीतकार श्रेष्ठ आफै पनि एक कुशल गायक हुन् ।
उनले गाएका संगीत गरेका गरेका हरेक गीतहरु कर्णप्रिय नै हुन्छन । त्यसमा पनि गरिब मजदुरहरुका यथार्थमा बनेका शब्दहरुमा राम्ररी डुब्न सक्छन । त्यसको उदाहरण मा यो गीत पनि पर्दछ र द भोइस अफ नेपालमा निक्कै रुचाईएकी गायिका बर्त गन्धर्ब को आवाजमा रहेको यो गीत उनको लागि पनि आफ्नो जिबन कै उत्कृष्ट गीत लागेको बताएको छिन ।
रतुल्सी बस्नेतको शब्द चन्द्र श्रेष्ठको संगीत राजु कार्कीको संगीत संयोजन र बर्त गन्धर्ब आवाजमा रहेको यस भरिया गीतलाई जस्केलो क्रिएसनले भिडियो सम्पादन गरका छन् र गायक देब्स राई र मिक्साम लिम्बुको मुख्य सहयोगमा बनेको यस गीतले सी डि एम मेलोडी नेपाल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।