• होमपेज
  • समाचार
  • प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

  • शुक्रबार, अशोज २३, २०७७
प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

देवकी न्यौपाने  । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पु¥याउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ ।

सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ । काउन्सिलमा रहेका सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर) लगायतका सामग्री समेत सङ्ग्रहालयमा राखिने भएको छ ।

 सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामाग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने