• होमपेज
  • मनोरञ्जन
  • मनिषको रचना र सजलको स्वर तथा संगीतमा ‘बिलाप’ सार्वजनिक ( भिडियो )

मनिषको रचना र सजलको स्वर तथा संगीतमा ‘बिलाप’ सार्वजनिक ( भिडियो )

  • आइतवार, अशोज ४, २०७७
मनिषको रचना र सजलको स्वर तथा संगीतमा  ‘बिलाप’  सार्वजनिक ( भिडियो )

लामो समयदेखि अमेरिकामा रहेर राम्रा राम्रा  गीत रचनामा सक्रिय गीतकार मनिष बसिष्टको नयाँ गीत  ‘बिलाप’ सार्वजनिक भएको छ ।
शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीत ‘बिलाप’ मा रिदम कडेलको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोलाई एम बी क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।


गम्भिर बिष्टको  निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी , नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ ।
गीतकार मनिष बशिष्टका अनुसार करिब तीन वर्षजति अघि लेखिएको यो गीत विबिध कारणले रेकर्ड गरिएको थिएन पहिलोपटक गायक सजल न्यौपाने संगको पहिलो सहकार्यमा गीत ल्याउन पाउदा खुसी लागेको समयको माग अनुसारको गीत भन्दा पनि दश वर्षे जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाइ  छोटो श्रव्यदृश्य मार्फत समाजलाई दर्शाउन पाएकोमा आत्मसन्तुष्टि पाएको बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार