• होमपेज
  • विचित्र संसार
  • ‘गान्धी चस्मा’को साढे ३ करोड

‘गान्धी चस्मा’को साढे ३ करोड

  • बिहिबार, अशोज १, २०७७
‘गान्धी चस्मा’को साढे ३ करोड

‘भारतका पिता’ भनि ख्याति कमाएका र अहिंसा आन्दोलनबाट भारतलाई स्वतन्त्रता दिलाउन सफल महात्मा गान्धीको चस्मा साढे ३ करोड रुपैयाँ बढीमा बिक्री भएको छ ।

बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोल बढाबढ लिलामीमा गान्धीको चस्मालाई अमेरिकी नागरिकले २ लाख ६० हजार पाउण्ड अर्थात् नेपाली रुपैयाँ ३ करोड ६६ लाख ६० हजारमा खरिद गरेका हुन् ।

लिलामीमा राखेको छ मिनटमै एक अमेरिकी संकलकले उक्त रकममा खरिद गर्ने बताएपछि बढाबढको प्रक्रिया सकिएको थियो ।

इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा २५ लाख रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा गरेको तर ठूलो रकममा बिक्री भएको बताए । स्टोले यसलाई ‘शताब्दीकै ठूलो लिलाम बढाबढ’ भनि टिप्पणी गरेका छन् ।

गान्धीको यो चस्मा म्याङगोट्सफिल्डका एक वृद्धले लिलाममा राख्न दिएका थिए । सोचेभन्दा बढी मूल्य पाएपछि उक्त रकम छोरी र आफुले बाँड्ने बताए । लिलामी संस्थाका स्टोले भनेका छन्, ‘साढे ३ करोड रुपैयाँ बढीको अफर आएपछि ती वृद्धमा झण्डै हृदयाघात भएको थियो ।’ एजेन्सीको सहयोगमा

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि