• होमपेज
  • म्यूजिक भिडियो
  • प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

  • बिहिबार, भदौ २५, २०७७
प्रिय तिमीलाई भन्दै आए रोहित  मास्के

धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ I धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस  या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही  सफल पनि भएका छन् र कोही  असफल त कोही आफनै  घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् I यस्तै धरानका  एक पुराना गायक हुन् रोहित मास्के I  उनले  करिब अढाई दशकपछि आफ्नो नयाँ गीत ” प्रिय तिमीलाई ” म्युजिक भिडियो सहित भर्खरै मात्र रिलिज गरेका छन् I

२०४९ सालताका ” निश्चल ” नामक सांगीतिक एल्बम बजारमा ल्याएका गायक रोहित मास्केको टेक्सी टेक्सी , मेरी मायालु बोलका गीतहरु त्यसबेला केही गीतहरु रुचाइएका थिए र उक्त एल्बममा उनले त्यसबेला नाम चलेका चर्चित गायिकाहरु सुक्मित गुरुङ, सपनाश्री  परियार र भगवती तुम्बाहाम्फेसंगै  युगल गीतहरु समेत  गाएका थिए   I

धरानको देउसी भैलो देखि विभिन्न सांगीतिक कार्यक्रममा आफुलाई अब्बल रुपमा अगाडी बढाएपनि एल्बम निकालेको केही  समयपछि नै उनले हंगकंगलाई आफ्नो कर्मथलो बनाएका थिए  जसले गर्दा  त्यसपछि भने उनि उतै भुलिए I उता हुँदापनि यदाकदा फुर्सदको  केही  समय संगीतमा रमाउने मौका पाएका रोहितले केही  गीतहरु रेकर्ड गराए भने  उतै निर्मित ” चुकेको चुरा ” नामक चलचित्रमा संगीत तथा स्वर समेत दिएका छन्  I

हंगकंगमा हुने सांगीतिक कार्यक्रममा पनि उनि छुट्दैन थिए  I केहि बर्ष अघि मात्र उनि आफ्नै जन्म थलो धरान नै बस्ने गरि फर्किएका छन् I धरानआएपछि भने  उनले आफ्नो काम संगसंगै आफ्नो सांगीतिक शोख पनि पुरा गरिरहेका छन्  I  धरानमा हुने  यदाकदा बिभिन्न सांगीतिक कन्सर्टहरुमा झुल्किरहने गायक  रोहित मास्केले  कोरोना महामारीले ल्याएको लकडाउनको सदुपयोग गर्दै धरानका अन्य संगीतकर्मीहरु संजिव लामा , हेम सुब्बा र मनोज मोतेको सहयोगमा ‘हामी बाँचौ ” बोलको  संदेश मुलक गीत निकाले I  उक्त गीतको राम्रो प्रतिक्रियाले हौसिएका गायक रोहितले पहिलो लकडाउनमा संगीत दिवस , मलाई धेरै धेरै माया लगायतका गीतहरु पनि निकाले I अहिले भने उनले सन्जिब लामाको शब्द , संगीत र निर्देशनमा प्रिय तिमीलाई यो जुनी भरि बोलको गीत भिडियो सहित  आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन् I प्रशान्त तामांगले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा लाजु श्रेष्ठको अभिनय रहेको छ I

धरानको धरान  संगीत प्रतिष्ठानमा समेत कोषाध्यक्षको रुपमा  आबद्ध रहेका गायक अब भने पहिले देखि साँचेका र केहि नयाँ  गीतहरु तुरुन्तै रेकर्ड गर्नका लागि लागिपरेका छन् I

आफ्नो समयमा नगरेपनि निरन्तरताको लागि भएपनि धरानको  संगीत क्षेत्रलाई टेवा पुग्ने काम गरिरहने सोच छ गायक रोहित मास्केको I

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि