• होमपेज
  • समाचार
  • लकडाउन खुल्यो, उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

लकडाउन खुल्यो, उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

  • बुधबार, भदौ २४, २०७७
लकडाउन खुल्यो, उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात पनि चल्ने

बिहीबारदेखि थप सहज हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थिति मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको अनलाइनखबरलाई बताए । उनले भने ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

सवारीमा जोर विजोर

उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएको छ । अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी  साधन सञ्चालन गर्न पाइनेछ ।

निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।

सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ ।

यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ ।

मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

अत्यावश्यक वस्तुको पसल साँझ पनि

उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुल्ने भएको छ । सुरुमा विहान ९ बजेसम्म खेल्न दिइएको यस्ता पसललाई भदौ १७ गतेदेखि ११ बजेसम्म खुल्‍न दिइएको थियो । अब बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ ।

यो निर्णयअनुसार अब खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् ।

फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुनेछन् ।

सवारी साधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन विहान ८ देखि बेलुका ८ बजेसम्म खुल्नेछ ।

अरुका लागि बार तोकियो

उपत्यकामा अरु व्यापार व्यवसाय सञ्चालनका लागि भने बार तोकिएको छ । अब सपिङ मल, फेन्सी र कपडा पसल, जुत्ता, कस्मेटिक पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साका सामान बेच्ने पसल आइतबार, मंगलबार र शुक्रबार खुल्नेछन् भने फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्र खुल्नेछ ।

यस्तै निर्माण सामग्रीका पसल हरेक दिन दिउँसो २ बजेदेखि ७ बजेसम्म खुला रहनेछ । टेक अवे र होम डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म खुल्नेछन् । बै‌कहरु भने यसअघिदेखि नियमित खुल्दै आएका छन् ।

उपत्यकामा उद्योग कलकारखाना खुला गर्न पनि दिइएको छ । तर कामदारलाई खाने बस्ने व्यवस्था गरेर उद्योगमै क्याम्पमा राख्नुपर्नेछ र जनस्वास्थ्यका मापदण्डको पालना गराउनुपर्नेछ । पीपीई सेट र स्वास्थ्य सामग्री उद्योगले व्यवस्था गर्नुपर्नेछ ।

के–के खोल्न पाइँदैन ?

प्रशासन कार्यालयका अनुसार उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरेको छ ।

त्यस्तै धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न पाइँदैन ।

उद्योग, ब्यापार, निर्माण कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत कामदार ओसार पसार गर्न प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञाको श्रृङ्खला

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसलाई थप फैलिनबाट रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएका थिए । तर निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको दिन भदौ २४ गते काठमाडौं उपत्यकामा ४६४ जना संक्रमित भेटिएका छन्, जसमा काठमाडौं जिल्लामा मात्र ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जना छन् ।

रोगबाट जोगाउन भन्दै सरकारले मानिसलाई काम गर्नसमेत जान नदिई घरभित्रै सीमित गर्दा कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो ।

उद्योगी व्यापारीले पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय खोल्न नदिए अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै निषेधाज्ञामा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि