• होमपेज
  • म्यूजिक भिडियो
  • शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो

  • शुक्रबार, भदौ १९, २०७७
शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो

चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ । शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ ।

यसैलाई ध्यानमा राखेर यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले “मज्जाले नाचौंला” बोलको गीत सार्बजनिक गरेका छन् । प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ ।

मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत अहिले डिजिटल बजारमा पठाईसकिएको छ । सार्बजनिक भएको म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि