• होमपेज
  • म्यूजिक भिडियो
  • प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

  • आइतवार, भदौ १४, २०७७
प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी छोरी सात वर्षिया प्रिन्शा खड्का

गत बर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन ।

७ बर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी हुन । उनको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ । क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ बनेर विश्व मिनि माेडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन ।

हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारकाे रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियो बजारमा माग समेत बढेको छ।

म्युजिक भिडियोमा बालकलाकारकाे रुपमा अभिनयकाे लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्राेत बताउछ ।

यस पटक पनि याे प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउछन् । विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइन बाट हाे, मेहनत राम्रैँ छ, आशा गराै छोरीले नेपालको नाम यसपटक पनि राख्ने छिन् बुवा ऋषिले बताए ।

छाेरीकाे सम्पुर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको कोर्डिनेट गरेको छ । पढाइमा पनि उत्तिकै मेहनति प्रिन्शाले यस पटक अनलाइन मार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि