• होमपेज
  • मनोरञ्जन
  • “उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियो सहित)

“उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियो सहित)

  • मङ्लबार, भदौ ९, २०७७
“उठ्न देऊ” भन्दै आए लोकप्रिय गायक मानस राज(भिडियो सहित)

लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “उठ्न देऊ” को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक चर्चामा रहेको गित पछि उनले अहिले “उठ्न देऊ” लिएर आएका छन् ।

ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ। सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुख पिडा, सामाजिक बहिस्कारलाइ भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरि कुलत बाट छुट्कारा पाएर सामाजिक जिबनमा फर्के भन्ने कुरा आकर्षक ढंग बाट प्रस्तुत गरिएको छ। सन्जु बाबालाइ उक्त भिडियोमा दुई पक्ष सकारात्मक तथा नकारात्मक रुपमा निर्देशकले अभिनय गराएका छन्। सन्जु बाबा संगै ३ बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनय समेत देख्न सकिनेछ।

मनिस बसिष्ठको शब्द, गायक मानस राजको आफ्नै स्वर र संगीत रहेको गितलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन्। भिडियोमा छायाँकार रिक्की कर्माचार्यले छायांकन तथा सम्पादन रहेको छ, त्यसैगरि भिडियोलाइ गायक मानस राज स्वयंले निर्देशन गरेका छन भने सहायक निर्देशक प्रभाकर न्यौपाने रहेका छन् । सार्बजनिक भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि