• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकको आधारदर घट्यो, सस्तोमा कर्जा पाइने

प्रभु बैंकको आधारदर घट्यो, सस्तोमा कर्जा पाइने

  • मङ्लबार, भदौ ९, २०७७
प्रभु बैंकको आधारदर घट्यो, सस्तोमा कर्जा पाइने

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोडरुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको गत आवको नाफा अघिल्लो आवको तुलनामा ४१ करोड रुपैयाँ कम हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोेड ७७ लाख रुपैयाँ बढेर ४ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १७ करोड ८० लाख रुपैयाँ घटेर २ अर्ब ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च लगायतका खर्चमा वृद्धि हुँदा बैंकको सञ्चालन मुनाफा घटेको छ भने खुद ब्याज आम्दानी सामान्य बढेको छ । ब्याज आम्दानी बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद नाफा घटेको हो ।

अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिमा घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा घटेर १३ रुपैयाँ ९३ पैसा कायम भएका छ । बैंकको मूल्य आम्दानी अनुपात १५.८७ गुणा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा कायम भएको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोष २७ करोड ८४ लाख रुपैयाँ बढेर ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको आधारदर ९.३६ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.७० प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि