• होमपेज
  • मनोरञ्जन
  • सञ्चारकर्मी शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

  • बुधबार, साउन २१, २०७७
सञ्चारकर्मी शारदा थापाको तीज गीतको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ। ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ।

विगत वर्षहरुमा तीज आउनुअघि नै हजारौं तीज गीत सार्वजनिक हुने गरे पनि यो वर्ष कोरोना महामारीका कारण कमी आएका बेला थापाको तीज गीत सार्वजनिक भएको छ । सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।

गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । म्युजिक भिडियो थापाको आफ्नै शारदा क्रियशन्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि