• होमपेज
  • मनोरञ्जन
  • शिशिर शर्माको लय शब्द, अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको स्वर “चितामा दागबत्ति”

शिशिर शर्माको लय शब्द, अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको स्वर “चितामा दागबत्ति”

  • सोमवार, साउन १९, २०७७
शिशिर शर्माको लय शब्द, अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको स्वर “चितामा दागबत्ति”

बिशेष गरेर मौलिकतालाई आफ्नो शिरमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेका गायक अमृत आचार्य माइला गुरुले फेरी अर्को सांगीतिक कोसेली लिएर आएका छन् । उनले यस अगी मलाई माया गर्छ्यौ कसरि, पछुतो, दशैं आउँदा हुन्छ के गरौँ, मेरो को छ र, लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । यिनै गीतहरुको सफलता पछी अमृतको यो “चितामा दागबत्ति” पछिल्लो प्रस्तुति हो । उनको यस पटक बजारमा आएको गीतमा , यदि म अकालमा नै मृत्युको मुखमा पुगेछु भने आँशु नझार्नु, सकिन्छ भने फेसबुकको भित्तामा फोटो राखेर श्रद्धान्जली दिनु भन्ने किसिमको भाव समाबेश गरिएको छ ।

निकै घत लाग्दो भावमा तयार भएको यस भाकालाई अमृत आचार्य माइला गुरु र सिर्जना हुमागाईंको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना अर्का प्रतिभावान कलाकार शिशिर शर्माले तयार गएका हुन् । “चितामा दागबत्ती” बोलको गीतको म्युजिक भिडियोमा अमृत आचार्य माइला गुरु, शिशिर शर्मा, रीतिका अर्याल र बाल कलाकारहरु आयुष आचार्य, अश्मिता आचार्य, मनिषा पुलामी मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा दमको रोगबाट मृत्यु भएका एक आफन्तको वियोग उतारिएको छ सुन्नमा आए अनुसार यस गीतको भाव गायक अमृत आचार्य माइला गुरु र सर्जक शिशिर शर्मा दुबैको जिबनमा घटेको यथार्थ भाव भनिएको छ । भिडियोलाई निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् भने छायांकन जयन्द्र रावल र सम्पादन मिडिया पिक्चर्स नेपालले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि