• होमपेज
  • मनोरञ्जन
  • मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेल “दाजु बहिनि” यस बर्षको तीजमा एकैसाथ्

मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेल “दाजु बहिनि” यस बर्षको तीजमा एकैसाथ्

  • बिहिबार, साउन १५, २०७७
मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेल “दाजु बहिनि” यस बर्षको तीजमा एकैसाथ्

वर्ष भरिको लखतरान थकाई मेट्न र नारीहरुको भोगाई बिसाउन तयार पारिने तीज गीतहरुमा बिकृति छाईरहंदा यतिबेला लोकप्रिय गायिका मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेलले मौलिकतामा आधारित एक तीज गीतलाई बजारमा ल्याएका छन् । उक्त गीत “दाजु बहिनि” नाममा बजारमा आएको हो । प्रस्तुत गीतमा एक चेलीले माइती परिवार संग यस बर्षको तीज पर्ब मनाउंदा ब्यक्त गरिएको खुसि समाबेस गरिएको छ । गीतमा प्रदिप रोका, मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको स्वर सुन्न सकिन्छ ।

मिश्रादेवी काफ्ले र बिक्रम ढुंगानाको लय तथा शब्द सृजनाले सजिएको गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले यस बर्षको तीजमा कोसेली सम्झेर ग्रहण गरि दिनुहुनेछ भन्ने बिश्वास निर्माण युनिटले गरेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदिप रोका, रिना थापा मगर, प्रल्हाद खकुरेल, शान्ति खकुरेल, अग्नि विलास अधिकारी मिश्रादेवी काफ्ले, सबिता ढुंगाना र ललिता घिमिरेको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

मिलन फिल्म्स प्रालिले बजारमा सार्बजनिक गरेको “दाजु बहिनि” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी अमोन रानाले गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन रोशन धितालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि