• होमपेज
  • लोक दोहोरी
  • सुवर्ण र दीपाको तीज भाकामा राहुल र सरिताको छम छम

सुवर्ण र दीपाको तीज भाकामा राहुल र सरिताको छम छम

  • सोमवार, साउन १२, २०७७
सुवर्ण र दीपाको तीज भाकामा राहुल र सरिताको छम छम

महिलाहरुको महानपर्व हरितालिका तीज पर्व नजिकिँदै छ । आगामी तीजलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत बजारमा ल्याएका छन् ।

यी दुई कलाकारले नयाँ तीज भाका छमछम पाउजु…बजारमा ल्याएका हुन् । गीतमा पुरुष स्वरसँगै सुवर्णको शब्द र संगीत पनि रहेको छ ।
यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका सुवर्णले नै तयार गरेका हुन् । यसपटकको कोरोना संक्रमणबाट आफूहरूलाई सुरक्षित राख्दै र अहिलेको तनाव मुक्त गर्न यो गीतबाट अनुरोध गरिएको छ ।

दर्जनांै चलचित्र र करिब ५ सय अभिनय गरिसकेका अभिनेता राहुल श्रेष्ठको यो गीतमा अभिनय र नृत्य रहेको छ । गायिका, मोडल एवं ब्युटी न्युज नेपालकी समाचार संयोजक सरिता भारती र राहुल यो गीतमा जोडी बनेर प्रस्तुत भएका छन् । यी जोडीको नृत्य र अभिनयलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी छबी थापामगरले गरेका हुन् । जसमा मोहनिष श्रेष्ठको छायांकन रहेको छ । छमछम पाउजु…को भिडियोलाई भिडियो क्राफ्ट युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार