• होमपेज
  • समाचार
  • नयाँ पेट्रोल पम्प खोल्ने १ हजार २५ आवेदन रद्द

नयाँ पेट्रोल पम्प खोल्ने १ हजार २५ आवेदन रद्द

  • आइतवार, असार २८, २०७७
नयाँ पेट्रोल पम्प खोल्ने १ हजार २५ आवेदन रद्द

नेपाल आयल निगमले पेट्रोल पम्पका लागि परेका सबै निवेदन रद्द गरेको छ । निगमको वृद्धिदर ८ प्रतिशमात्रै भएका बेला पेट्रोल पम्पको वृद्धिदर भने ९० प्रतिशतले म्याच नभएको भन्दै आयल निगमले परेका सबै आवेदन रद्द गरेको हो । पेट्रोल पम्प खोल्नका लागि निगममा परेका १ हजार २५ आवेदन रद्द गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । हाल देशभर १ हजार ५ सय २८ वटा पेट्रोल पम्प रहेका छन् ।

‘नयाँ पेट्रोल पम्पका लागि पर्न आएको आवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको संख्या तथा जनघनत्वका आधारका हिसावले ठिक भएनन्,’ उनले भने ‘हामीले चाहेको मध्यपहाडी लोकमार्ग, नयाँ सहरमा हो ।’ अहिले आएका आवेदनहरू एक्कै स्थानमाबढी हुनाको साथै हाल भइरहेका स्थानमा आएकाले नयाँ ढंगबाट जानको लागि अहिले परेका आवेदन रद्द गरिएको पौडेलले बताए ।

निवेदन रद्द भएकाले आवेदकहरूले निवेदनका लागि जम्मा गरेको आवेदन शुल्क प्रक्रिया मिलाएर फिर्ता पनि लैजान सक्ने उनले बताए । नयाँ विक्रेताका लागि प्राप्त धेरै जसो निवेदनहरु हाल पेट्रोल पम्प भई रहेको ठाउँहरुमा परेकोले यथास्थितिमा नयाँ विक्रेताहरू नियुक्त गर्दा उपयुक्त नहुने परिस्थिति देखिएको निगमले बताएको छ ।

प्राप्त निवेदनहरु एकै स्थानमा बढी भएको, लागत लाभ, विद्यमान निगमको भौतिक पूर्वाधार तथा जनशक्ति तथा निगममा प्रविधिको प्रयोग न्यून रहेको वर्तमान अवस्था सम्भव नहुने निगमको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि