• होमपेज
  • अर्थ/वाणिज्य
  • आयल निगमले ६५ अर्ब राजस्व तिर्ने

आयल निगमले ६५ अर्ब राजस्व तिर्ने

  • आइतवार, असार २८, २०७७
आयल निगमले ६५ अर्ब राजस्व तिर्ने

अन्य क्षेत्रको राजस्व घटिरहेका बेला नेपाल आयल निगमले भने यस वर्ष पनि सरकारलाई गत वर्षको जति नै राजस्व तर्ने देखिएको छ । आज आवको अन्तिम चौथो दिन आयल निगमले पत्रकार सम्मेलन गरेर निगमले गत आवको जति नै राजस्व यस वर्ष पनि सरकारलाई तिर्ने बताएको हो ।

निगमले यस आवमा करिब ६५ अर्ब राजस्व तिर्ने देखिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । ‘कोभिडले अन्य व्यवसायमा असर पार्दा राजस्व घटिरहेका बेला हामीले यस वर्ष पनि सरकारलाई पोहोरको जतिनै राजस्व बुझाउन सक्ने देखिएका छौं । ’ सरकारले विभिन्न ६ शीर्षकमा पेट्रोलियम पदार्थबाट राजस्व लिने गरेको छ ।

निगमले अघिल्लो वर्षहरूको जस्तै यस वर्ष पनि सरकारलाई मूल्य अभिवृद्धि कर सबैभन्दा धेरै तिरेको छ । सो शीर्षकमा निगमले २५ अर्ब ५२ करोड राजस्व तिरेको छ । त्यसरी नै निगमले १५ अर्ब १३ करोड भन्सार महसुल तिरेको छ भने १३ अर्ब ६७ करोड रुपैयाँ पूर्वाधार विकास कर तिरेको छ । सरकारले अघिल्लो आवसम्म बुढी गण्डकी आयोजना निर्माणको लागि भनेर लिने गरेको सो शीर्षकको कर चालू आवदेखि पूर्वाधार विकास कर शीर्षकमा लिँदै आएको छ ।

त्यसो त आयल निगमले सरकारलाई सडक मर्मत शुल्क नै यस वर्षमात्रै ५ अर्ब २ करोड तिरेको छ । आम उपभोक्ताले तिरेको करबाटै सडक मर्मत गर्न पुग्ने देखिएपनि हिउँदमा सडक धूलो र वर्षामा हिलो र खाल्डा खुल्डीले हिडिनसक्नु छ । त्यति मात्र होइन सरकारले वातावरण खर्च शीर्षकको नाममा ३ अर्ब १ करोड राजस्व उठाउने देखिएको निगमले बताएको छ । निगमले चालू आवमा ३ अर्ब ८५ करोड आयकर नै तिरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि