• होमपेज
  • मनोरञ्जन
  • सुवर्णंको नमाग मसँग मायाँमा सरिता, रमेश र भूपेन्द्रको प्रेम

सुवर्णंको नमाग मसँग मायाँमा सरिता, रमेश र भूपेन्द्रको प्रेम

  • आइतवार, असार २१, २०७७
सुवर्णंको नमाग मसँग मायाँमा सरिता, रमेश र भूपेन्द्रको प्रेम

गायक तथा सँगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गीत नमाग मसँग माया…को भिडियो सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरेका छन् । बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन् ।

भिडियो त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्काले अभिनय गरेका छन् । ब्युटी न्युज नेपालकी समाचार सँयोजक सरिता यो भिडियोमा अभिनेता रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन । यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन् ।
यी तिनै जनाको अभिनय सार्थक छ । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

भिडियोलाई सञ्चारकर्मी डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शँका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको क्षेत्रीले बताए । बियोगान्त शैलीको यो गीतले शँकाले लँका जलाउँछ भन्ने सन्देश दिएको छ ।

यो भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् । भिडियोले पनि दर्शकबाट सकरात्मक प्रतिक्रिया पाएको गायक सुवर्णले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा