• होमपेज
  • कलिउड
  • नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना

नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना

  • आइतवार, असार १४, २०७७
नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना

नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाललाइ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी दयाराम दाहाललाई चलचित्र बिकाश बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष, चलचित्र बिकाश बोर्डका पूर्व अधक्ष्य तथा बरिष्ट अभिनेता कृष्ण मल्लले नब नियुक्त अधक्ष्य दयाराम दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी गर्नु पर्ने कुरामा जोड दिए । कोभिड-१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाइ पुन: संचालन गर्न समेत उनले नबनियुक्त अधक्ष्यलाइ सुझाब दिएका थिए भने नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा चलचित्र दुत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।

सो अवसरमा नबनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी लामो समय देखि आफु पनि चलचित्र उधोगमा काम गरेको अनुभबले सम्पूर्ण चलचित्रकर्मीहरुको दुख पिडा बुझेको हुँदा आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उधोगलाइ नयाँ उचाइमा पुर्याउने बताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ट चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटिका नायक निर्माता मदु कुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा, संचारकर्मी सुर्य चन्द लगायतका व्यक्तित्वको उपस्थितिमा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाल तथा पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, लायन्स क्लबका विभिन्न पदमा पदोन्नोति भएका लायन मोहन कृष्ण श्रेष्ठ , राजेश बिशुराल, शुभाष खड्का, टंक पौडेल र सन्तोष कार्कीलाइ समेत बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि