• होमपेज
  • मनोरञ्जन
  • लकडाउन निराश भएकाहरुलाई विवेकको संदेश

लकडाउन निराश भएकाहरुलाई विवेकको संदेश

  • मङ्लबार, बैशाख ९, २०७७

बिश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरु अहिले कोरना माथि विजय पाउन संघर्ष गरिरहेका छन । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र ।

कोरना कहर बिच गायक विवेक झाले  आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ आएका छन । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन । जीवन देखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन । आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस  गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो , संघर्ष नै जिन्दगी हो , बाँचुन्जेल संघर्ष गर , समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार , मैदान नछोड भन्ने संदेश दिन खोजेका छन ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ। गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको  म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ  । यसअघि  कमेडी भिडियोहरुमा प्राय देखिने निश्चलले आफ्नो मनछुने अभिनय बाट सबैको मन जितेका छन । उज्ज्वल जोशीले भिडियोलाई  छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

मृत्यु सबै खाले होस तर आफैले आफैलाइ मार्नु नपरोस । जीवनमा आफू संग हार्नु जस्तो पीडा अरु केही हुन्न । मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन निर्देशक थापा सफल भएका छन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। यस गीतलाई माया गरिदिन ‘भिड’ टिमले  सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि