• होमपेज
  • कोरोना अपडेट
  • मानव जीवन नरहे बैंक किन चाहियो ?

मानव जीवन नरहे बैंक किन चाहियो ?

सुरेन्द्र भण्डारी, सीइओ कुमारी बैंक लिमिटेड

  • सोमवार, चैत्र २४, २०७६
मानव जीवन नरहे बैंक किन चाहियो ?

सुरेन्द्र भण्डारी नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक विताएका भण्डारी मिडियामा देखा पर्न त्यति रुचादैनन् । कुमारी बैंक बनाएर सिद्धार्थ बैंक पुगेपछि फेरि भण्डारी कुमारी बैंकमा फर्किए पछि कुमारी बैंक साच्चै भन्नुपर्दा मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब फरक पर्दैन ।

भण्डारीको नेतृत्वमा रहेको कुमारी बैंकले ल्याएका बीमा र डिपोजिटका प्रोडक्ट राम्रै बजार पाएको देखिन्छ । नेपालको धेरै शाखा, एटिएम र ग्राहक भएको कुमारी बैंकका सीइओ हुन सुरेन्द्र भण्डारी ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो कुमारी बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको कुमारी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा कुमारी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पुराना बैंकर एवं कुमारी बैंक लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साव यो विषम र अप्ठ्यारो अवस्थामा कुमारी बैंकले ग्राहकहरुलाई कस्तो सेवा दिएको अवस्था छ ?
हामीले केही लिमिट शाखा खोली सेवा दिएका छौं । प्रत्येक जिल्ला १/२ वटा शाखा सञ्चालन गरेको अवस्था चाहि छ । हाम्रो बैंकको डिजिटल बैकिङ्ग सुविधा छन् ।

यी सूचना प्रविधीबाटै ग्राहकहरुले डिजिटल बैकिङ्गका कारोबार ग्राहक वर्गले घरबाटै गर्नु भएको तथ्याङ्कले प्रस्ट पारेको छ । तपाईलाई थाहा छ । मोबाइल बैकिङ्ग ल्याउने नेपालकै पहिलो बैंक कुमारी बैंक हो । कारोबार कम छ । ग्राहकको संख्या छैन । अत्यावश्यक भित्र पर्ने राहतका सामाग्री खाद्यान्न, औषधीका एलसीका कारोबार पनि केही भएकै छन् । परिस्थिति अनुसार नै चल्नुप¥यो नि ।

० यो कोरोना भाईरसको महामारीमा पनि जीवनलाई जोखिममा राखी काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्य अवस्था बारे कत्तिको चिन्तित रहनु भएको छ ?
राम्रो प्रश्न गर्नुभयो । यसबारेमा धेरै सोच विचार गरेका छौं । कर्मचारी र गार्डहरुलाई खानाको व्यवस्था बैंकलेनै गरेको छ । कर्मचारी भाईबहिनीहरुको स्वास्थ्य सबै भन्दा ठूलो कुरा हो । यसका लागि चाहिने सबै स्वास्थ्यका सामग्री उपलब्ध छन् । सिमित शाखा खोलेका कारण कम कर्मचारी काममा छन् । अरुले घरबाटै डिजिटल प्रविधि मार्फत काम गरेको अवस्था छ ।

० यस्तो महामारी भएका बेला शाखा खोली काम गर्ने कर्मचारीलाई के कस्ता सहुलियतका प्याकेज ल्याउनु भएको छ नि ?
कर्मचारी साथीहरु बैंकका पुँजी हो । उहाँहरुको बारे हामी नेतृत्व चनाखो छौं । केही सहुलियतका जस्तै भत्ता दिने इन्स्योरेन्स फुल गरिदिने । महत्वपूर्ण कुरा बारे छलफल गर्दैछौं । केही दिनमै निर्णय गर्ने छौं नि ।

० राज्यले स्थापना गरेको कोरोना विरुद्ध लड्ने कोषमा चाहि कस्तो सहयोग दिनु भएको छ, सीइओ साब ?
हाम्रो कुमारी बैंकले राज्यलाई सहयोग गर्ने निर्णय गरेका छौं । हामीले ७ वटै प्रदेशमा १०/१० लाख दिइसकेको छौं । अब यसले नपुग्ने देखिन्छ । त्यसकारण सञ्चालक समितिको बैठक गरि थप राहत दिने निर्णय हामी चाडौं ल्याउने छौं ।

अर्को कुरा यो कति लम्बिने हो र नेपालमा कस्तो क्षती कुने हो त्यो हेरेर हामी अगाडी बढ्ने छौं । हामी जहिले पनि सरकारलै साथमा छौं । हामी यही समाजका परिवार हौं । परिवारले परिवारलाई सहयोग गर्नु हामी बैंक र बैंकरको पहिलो कर्तव्य हुन जान्छ नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि पहिलो चरणमा ल्याएका राहतका प्योकजलाई चाहि कसरी लिनु भएको छ ?
हामीले सकारात्मक रुपमा लिएका छौं । शुरुका लागि यो ठिक होला तर, परिस्थितिको अध्ययन पछि फेरि थप सुविधा ल्याउनु जरुरी देखिन्छ । यो बढेर गयो भने त अवस्था दर्दनाक हुन्छ त्यसबारे यसको रोकथाम गर्न हामी नेपाली समयमै सचेत र सजक बन्नु जरुरी मैले देखेको छु ।

० सीइओ साब बैंकहरुले चैत्र महिनामा आउने वित्तिय विवरणमा कोरोना भाईरसको असर पर्ला त ?
राम्रो प्रश्न सोध्नु भयो । नआउने कुरौ भएन । तर यो समय नाफा घाटाको होइन जीवन जिउने र जनता बचाउने बेला हो । नाफा घाटा त आईरहन्छ, गइरहन्छ । तर, मानव जीवन नरहे बैंक किन चाहियो । त्यसकारण जीवन बचाउन परिवार सुरक्षीत रहनु र जनता सुरक्षित राख्ने दायित्व हामी सबै ३ करोड नेपालीकै हो नि ।

० कोरोना भाईरसको पूर्व तयारी नेपालीमा भएको देखिदैन । यसबाट कस्तो पाठ सिक्नु पर्ला त ?
समय र परिस्थितिले सिकाउने जाने परम्परा विश्वभरी र हामी कहाँ पनि छ । लकडाउन हामी कसैले देखेको र भोगेको थिएनौ तर, अहिले लकडाउन पालना गरेका छौं । सबैभन्दा पहिला देशबासीलाई राम्रो हुनुप¥यो । अनि त अरु कुरा हुने हो । स्वास्थ्य नै मुख्य कुरा हो भन्ने सोच्नु प¥यो र यसका लागि पूर्वाधार विकासमा जोड दिनु प¥यो । त्यसका लागि हामी बैंक तयार छौं ।

० एडीवीले विश्वको अर्थतन्त्र ५.४ प्रतिशतमा गिरावट भएको तथ्य हालै सार्वजनिक गरेको र यसले नेपालको बैकिङ्ग प्रणालीलाई चाहि कस्तो असर पर्ला त ?
यो भविष्यले देखाउदै जाने कुरा हो । यो कति समय लम्बिने हो । त्यसमा पनि भर पर्दछ । विश्वमा अर्थतन्त्र र देशकै अर्थतन्त्र नाजुक भएपछि बैंक र वित्तिय क्षेत्रको अवस्था कस्तो हुन्छ कल्पना गर्न गाह्रो छ ।

० अन्त्यमा बैंकका लाखौ ग्राहक र नेपाली जनतालाई केही भन्नु हुन्छ ।
सबै भन्दा पहिला घर–परिवार होसियार भएर बाँचौ । रोगबाट टाढा बसौ । सूचना पालना गरौं । सबै स्वास्थ्यका कुरामा ध्यान दिउ ।
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्रको अध्ययन गरौं । त्यसकारण सरकारले गरेको लकडाउन पूर्णरुपमा पालना गरौं घरबाटै काम गरौं घरबाट वाहिर नजाउ । आफ्नो जीवनलाई बचाउने र अरुको जीवन बचाउ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि