• होमपेज
  • समाचार
  • पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

  • शनिबार, चैत्र १, २०७६
पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हँुदैछन् ।

नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ । तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा र त्रिभुवन मावि छन् । रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास माविमा परीक्षा केन्द्र तोकिएको छ । निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र परेका छन् ।

माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप मावि परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक÷एक परीक्षा केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ । प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ । सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हँुदैछ ।

पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ । अस्पताललाई नौ लाखको स्वास्थ्य सामग्री लायन्स क्लब अफ श्रीनगर पाल्पा अस्पताललाई रु नौ लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार सहयोग गरेको छ । वार्मर, फोटो थेरापी, बेबी रिससिटेसन, अप्टीमा सोलुसन जस्ता बच्चाको उपचारलाई प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरिएको हो । क्लबका अध्यक्ष नारायणबहादुर कार्कीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई तीसामग्री प्रदान गर्नुभयो । विसं १९७० मा स्थापित पाल्पा जिल्लाकै पुरानो सरकारी अस्पताल हो ।

समयअनुसार आधुनिक प्रविधिका सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ । उपचारमा सहज होस् भनी लायन्स क्लबअन्तर्गत इटलीबाट प्राप्त सामग्री अस्पताललाई सहयोगस्वरुप प्रदान गरिएको क्लबका अध्यक्ष कार्कीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जिल्लाकै पुरानो अस्पताल भए पनि सामग्रीको अभावमा सेवा प्रवाहमा समस्या परिरहेका बेला क्लबले गरेको सहयोगले अस्पताल सञ्चालनमा ठूलो सघाउ पुगेको बताउनुभयो । क्लबले प्रदान गरेको स्वास्थ्य सामग्री २८ दिन भन्दामूनिका बच्चाको उपचारका लागि प्रयोग गरिन्छ । यसअघि यहाँ जन्मिएका बच्चामा कुनै समस्या देखिए थप उपचारको लागि महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

भर्खर जन्मिएको बच्चालाई उपयुक्त तापक्रम नपुगेमा वार्मरको प्रयोगले आवश्यक तापक्रम उपलब्ध गराइने जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृत डाक्टर जगदिश कँुवरले जानकारी दिनुभयो । फोटो थेरापीले कमलपित्तको उपचार, बेबी रिससिटेसनले श्वासप्रश्वासमा समस्या भएका बच्चालाई कृत्रिम स्वास दिने काम गर्छ । अप्टीमा सोलुसन हात धुन प्रयोग गरिन्छ । उपचारका सामग्री र औषधिको अभावले सोचे जति बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि