• होमपेज
  • म्यूजिक भिडियो
  • सुरेशको शब्दमा , मेलिनाले स्वरमा ” मेहेन्दी “

सुरेशको शब्दमा , मेलिनाले स्वरमा ” मेहेन्दी “

  • आइतवार, मंसिर १५, २०७६

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले ” मेहेन्दी ”  बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता , चंचलता , प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् ।

अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

बहुप्रतिभाशाली व्यक्तित्व सुरेश घोन्डे गुरुङ गीतकार , संगीतकारका अलावा मोडेल , भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसघि ” भाचिदेउ कि बारुली कम्मर ” बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डेगुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि