• होमपेज
  • कर्पोरेट
  • साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

  • आइतवार, मंसिर १५, २०७६
साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई South Asian Federation of Accountants (SAFA)द्वारा मिति २०७६ मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई SAFA Best Presented Annual Report Awards and SAARC Anniversary Awards for Corporate Governance Disclosures, 2018 बाट पुरस्कृत गरिएको छ ।

“Private Sector Banks (Including Cooperative Banks)”  विधामा बैंकले Certificate of Merit प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा Disclosure का आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो । साफाद्वारा बैंक लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ ।

विगतमा पनि SAFA Best Presented Annual Report Awards – 2017, SAFA Best Presented Annual Report Awards—2015 समारोहमा बैंकको वार्षिक प्रतिवेदनलाई दुई विधामा “SAARC Anniversary Award for Corporate Governance” र “Private Sector Banks (Including Cooperatives)” मा Certificate of Merit प्राप्त भएको थियो ।

यसका साथै बैंकको वार्षिक प्रतिवेदनलाई The Institute of Chartered Accountants of Nepal(ICAN) द्वारा Best Presented Annual Report — 2018, Best Presented Annual Report — 2017, Best Presented Annual Report — 2015 बाट पनि पुरस्कृत गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार