• होमपेज
  • म्यूजिक भिडियो
  • देविका बन्दनाको ‘आँखी झ्यालैमा’

देविका बन्दनाको ‘आँखी झ्यालैमा’

  • सोमवार, अशोज ६, २०७६

नेपाली पार्श्व गायनकी अत्यतै लोकप्रिय  गायिका देविका बन्दनाको नयाँ गीत “आँखी झ्यालैमा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गायक राजेश मर्हजनको पनि स्वर रहेको छ।

गीतमा  शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेन्ज  रहेको छ ।  भिडियोमा सागर लम्साल ‘बले’ , राशी क्षेत्री, र भाइरल बालिका   साईलीन श्रेष्ठको नृत्य तथा अभिनय रहेको छ ।
टेकेन्द्र शाहको निर्देशन एबम  सम्पादन  रहेको भिडियोमा  राजकुमार केसीको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफीमा रहेको छ । त्यस्तै उक्त गीतको भिडियोलाई निर्देशक टेकेन्द्र शाहले नैगरेका छन् । भिडियोलाई देविका  बन्दनाको अफिसियल  युट्युब च्यानलबाट सार्वजनिक गरीएको हो ।

Facebook Comments

सम्बन्धित समाचार