• होमपेज
  • कलिउड
  • चलचित्र हिरो नं. १ भोली २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शन

चलचित्र हिरो नं. १ भोली २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शन

  • बिहिबार, भदौ २६, २०७६
चलचित्र हिरो नं. १ भोली २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शन

नायक जय किशन बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र हिरो नं. १ भोली २७ गते शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ । यो चलचित्र उपत्यका भित्र र बाहिर गरी कुल ८५ वटा हलमा प्रदर्शनमा आउँन लागेको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।

मदन ताम्राकार कार्यकारी निर्माता तथा बिक्रम माङ्मु र बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र हिरो नंं १ निर्माण क्रममा नै व्यापक चर्चा भएकोले पनि दर्शकहरुले रुचाउँनेमा विशेष तरिकाले हेरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत हिरो नंं. १ सफल हुनेमा उत्साही देखिन्छन् ।

आफ्ना लागी भन्दा पनि दर्शकको मनोरञ्जनको लागी आफुले चलचित्र निर्माण गरेकोले चलचित्रलाई दर्शकको जिम्मामा छोड्दै चलचित्रको निर्माता तथा निर्देशक समेत रहेका नायक बस्नेतले हिरो नं. १ को स्लोगनमा “म रोए पनि मेरा दर्शक हाँसी रहुन्” भनेर राखेका छन् । चलचित्र व्यवसायिक रुपमा कतिको सफल बन्न सक्छ त्यो भने प्रदर्शनमा आउँनासाथ थाहा हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि