• होमपेज
  • समाचार
  • दशैं आयो नयाँ नोट कहाँबाट लिने

दशैं आयो नयाँ नोट कहाँबाट लिने

  • बिहिबार, भदौ २६, २०७६
दशैं आयो नयाँ नोट कहाँबाट लिने

नेपालीहरुको महानपर्व बडादशैं आगमनसंगै नयाँ नोट वितरण गर्ने परम्परा यस पटक पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले अशोजको १४ गतेबाटै नयाँ नोट वितरण गर्ने जनाएको छ ।

नयाँ नोट अशोज १४ बाटै तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुनेछ । निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ ।

यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गथ्र्यो । यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले चाहेजस्तै माग्न आउनेजतिलाई वितरण गर्ने व्यवस्था मिलाएको जनाएको डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि