• होमपेज
  • मनोरञ्जन
  • हिरो नं. १ सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

हिरो नं. १ सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

  • बिहिबार, भदौ १९, २०७६
हिरो नं. १ सेन्सर पास, भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र “हिरो नं. १” सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।
जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेयको सम्पादन रहेको छ ।

मदन ताम्राकार कार्यकारी निर्माता र बिक्रम माङ्मु एवम बिशाल गुप्ता सह निर्माता रहेको यो चलचित्र “हिरो नं. १” यही आउँदो भाद्र २७ गते देखि देशब्यापी प्रर्दशनमा आउँन लागेको छ । निर्माण क्रममा नै व्यापक चर्चा भएको यो चलचित्रलाई विशेष तरिकाले हेरिएको छ । यस भन्दा अगाडी सार्वजनिक भएका गीत र ट्रेलर एवम अन्य प्रचार सामाग्रीमा दर्शकले दिएको सकारात्मक प्रतिक्रियाबाट पनि नायक एवम निर्देशक जय किशन बस्नेत “हिरो नंं. १” सफल हुनेमा उत्साही देखिन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि